एक हप्तादेखि किशोर बेपत्ता
रुकुम पूर्व | भदौ २६, २०७९
रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताउनुभयो ।
परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोरका बुवाले बताउनुभयो । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ ।
ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजीदिन आग्रह गरेका छन् । परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको नमोबाइल नं ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

